गायक अर्जुन सापकोटा र गायिका देर्वी घर्ती मगर को स्वरमा वनकी चरी

म्यूजिक खबर
प्रकाशित: २४ मंसिर २०७६, मंगलवार

गायक अर्जुन सापकोटा र गायिका देर्वी घर्ती मगर को स्वरमा रहेको गीत वनकी चरी बोलको गीत बजारमा आएको छोटो समयमा दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । साथै टिकटकमा पनि भाईरल भएको छ । सापकोटाको प्रस्तती रहेको सो गितलाई उनले आफ्नै युटुव चयानल मार्फत सार्वजनीक गरेका छन् ।

गित तथा भिडीयो साच्चैनै राम्रो र फरक पनको बनेको कारण दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ । सो गितमा कृष्ण वस्यालको शब्द र सापकोटाको लय रहेको छ भेन स्मृति तिमिल्सना गुरु आमाको निर्देशन, करन चैसिरको छायांकन रहेको छ ।

उक्त गित मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । गितमा गायक सापकोटा , राजु ढकाल र करिस्मा ढकालको अभिनयमा रहेको छ । भने गितले माया प्रेममा भएको विछोडको कथालाई समेटेको छ ।

संगै घरवार गर्ने वाचा तोडिएको र वोलचाल समेत वन्द रहेको कुरा र अहिले समाजमा भएको प्रेम जोडिको कथालाई गितले सम्वोधन गर्ने प्रयास गरेको छ ।

https://youtu.be/qj5s1qeQF9E

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु