कस्तो होला कलाकारको दौड प्रतियोगिता

म्यूजिक खबर
प्रकाशित: २६ कार्तिक २०७६, मंगलवार

काठमाडौं । नेपाल चलचित्र कलाकार संघ र कान्ति सांस्कृतिक केन्द्रको संयुक्त आयोजनामा वातावारणीय स्वच्छताको लागि कलाकारहरुको बीचमा दौड प्रतियोगिता आयोजना गरिएको छ । चलचित्र कलाकार, मोडल, गायक गायिका बीच ३ किलोमिटर सडक दौड प्रतियोगिता हुने भएको हो । कार्तिक ३० गते शनिबार प्रहरी तालिम केन्द्र महाराजगंज आगाडीबाट सुरु भई लाजिम्पाट पुगेर पुनः सोहि स्थानमा समापन हुने कुरा गायक राजेश हमालले जानकारी दिए । नेपाल पर्यटन वर्ष २०२० लाइ समेत मध्यनजर गर्दै वातावारणीय स्वच्छताको लागि यस कार्यक्रम आयोजना गरिएको हो, गायक हमालले बताए ।

प्रतियोगितामा बिजेता हरुलाई नगद सहित अन्य पुरस्कार समेत प्रदान गरिने छ भने समाजमा बिशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिने भएको छ । उक्त प्रतियोगितामा सम्पूर्ण चलचित्रकर्मी, कलाकार, गायक गायिका तथा संचारकर्मीलाइ सहभागिताको लागि चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले आव्हान समेत गरेका छन् । यस कार्यक्रमला रिभेल ईभेण्ट्सले ब्यबस्थापनको जिम्मा लिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु