आशा लामाको कहिले फुल्यो जिन्दगानी (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १४ पुष २०७५, शनिबार

राजु बोहरा–काठमाडौँ । बिगत निकै लामो समय यता नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल गायिका आशा लामाले फेरी पनि अर्को एक आधुनिक गीत बजारमा लिएर आएकी छिन् । बिशेष गरेर लोक तथा दोहोरी गीतबाट आफ्नो उच्च पहिचान बनाएकी उनले आधुनिक गीत बजारमा ल्याउनुमा, कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्दा सबै किसिमका गीतहरु गाउन सक्ने खुबी भएमा आफ्नो सांगीतिक यात्रा जिबन्त हुने बिश्वास ब्यक्त गर्दछिन् ।

आशाको पछिल्लो आधुनिक गीत “कहिले फुल्यो जिन्दगानी” बोलको रहेको छ । निकै मेहनतका साथ तयार पारिएको यस गीतमा खड्ग गर्न्दर्बको संगीत रहेको छ भने उर्मिला कोइराला शब्द रचना रहेको छ । मान्छे जन्मिन्छ हुर्किन्छ र योवन अवस्थामा पुगेपछि अनयासै बैशालु उन्मादले छुने गर्दछ । यसरी यो उमेरमा पुग्दा मनमा जागेको कौतुहलता समाबेस गरिएको यस गीतलाई आशा लामाले आफ्नो कर्णप्रिय स्वर भरेकी छिन् ।

गीतको भावनुसार म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । संगीत सरोबरको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको भिडियोमा अभिषेक र रुबीको अभिनय देख्न सकिन्छ । राज आर।सी द्वारा निर्देशित भिडियोलाई छायांकन दिपक अधिकारीले गरेका हुन् भने सम्पादन बिजय राजले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु