• ‘पापाकी परी’ सम्झेर गइसक्यो सातो बरिलै ! विवादित भएकै हो त ?

    म्यूजिक खबर
    प्रकाशित: २० श्रावण २०७९, शुक्रबार
    Shiba Hamal

    काठमाडौं । प्रत्येक वर्ष तीज आउँछ जान्छ । केही लिएर आउँछ, केही दिएर जान्छ । बजारमा चर्चाको विषय फरक फरक रुपमा आउँछ । हरेक वर्ष एउटा न एउटा विवादित शैलीमा प्रस्तुति लिएर आउनेहरुको कमी छैन । कहिले ज्योति मगरको चर्चा आउँछ त कहिले दुर्गेश थापा । यी त हुन् चर्चाका केही उदाहरण मात्र । धेरै त्यस्ता पात्रहरु छन् जो चर्चा आउँदा आउँदै आफैं हराउँछन् । तर केही पात्र चर्चाको शिखरमा रहेकाले नै ल्याएका सिर्जना भने उनीहरुसँग तुलना गर्दै विवादित बनेको अनुभूति बजारले गरिरहेको हुन्छ । त्यहीबीचमा यसपाली अरु कति आउने हुन् तर चर्चित अनुहार शिव हमाल र आशिष अबिरल जोडिएको एउटा गीत ‘पापाकी परी’ बजारमा आउने वित्तिकै तरङ्ग पैदा भएको छ ।

    उदीयमान गायिका सुशिला पाठकको स्वर रहेको यो गीतमा शिव हमालले शब्द लेखेका छन् भने आशिष अबरिलले संगीत तथा संगीत संयोजन गरेका छन् । गीतको म्यूजिक भिडियोलाई मौसम हिमालीले निर्देशन तथा कोरियोग्राफ गरेका छन् । नवराज उप्रेतीको छायाँकन रहेको छ भने प्रविन भट्टको सम्पादन रहेको छ । भिडियोमा करिश्मा ढकाललाई फिचरिङ गरिएको छ । अब यस गीतभित्रका पात्रहरु हेर्दा लाग्छ कि गायिका बाहेक अरु सबै बजारमा चर्चा बटुलेका पात्रहरु देखिन्छन् ।

    गीतले तीजको शैली पछ्याएको छ तर फ्यूजन गरेर ल्याइएको छ । जसमा पछिल्लो समयको समाज नै कन्फ्यूजन परेको अनुभूति बजारको तरङ्गले दिएको देखिन्छ । गीत आशिष अबिरलको यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो । भ्यूजका हिसाबले समाचार तयार पार्दासम्म १७ हजार पार गरेको छ । गीत आफैंमा दमदार बनेको छ यसमा कसैले शंका नमान्दा पनि हुन्छ । तर गीतभित्र केही पात्रहरु यसरी डुबे कि उनीहरुको सोच नै बदलिदियो । जसले गर्दा बजारमा लाइभ दोहोरीका अश्लिल शब्दहरुले तर्सिरहेकाहरु एक्कासी तर्सिए र भयो ‘सम्झेर गइसक्यो सातो बरिलै’ ।

    एउटा हुर्केकी चेलीलाई घरमा माग्न आएपछि उसको मनमा खेलेका कौतुहलतालाई भिडियो र गीतले प्रस्तुत गरिएको छ । अमेरिकाको लाहुरे होस् या युकेको होस् केटाहरु केटी हेर्न आएको र मनभित्र पलाएको खुल्दुलीलाई गीतमा प्रस्तुत गरिएको छ ।

    नेपाली समाज अझै पनि गाउँघरमा महिलाहरुले पेटीकोट लगाएर नै नुहाउने गर्छन् । सार्वजनिक धारा, कुवामा महिलाले नुहाउने जुन बस्त्र छ र धारामा महिलाहरु जम्मा भएर तीजमा नुहाउने प्रचलन छ त्यो दृश्य यो गीतमा देखाइएको छ । यही दृश्यलाई बजारमा विवादको रुपमा लिइएको छ भन्ने चर्चा छ । त्यो भन्दा कडा दृश्य त ढाडे विरालो, कट्टुमाथी बुट्टा जस्ता केही गीतले पनि झल्को मेटाउँछ होला नि !

    त्यस्तै एउटा शब्द छ ‘के हुन्छ होला है विहेको राती, अँध्यारो कोठामा अन्जान साथी’ । यो शब्दले पनि धेरैको दिमागमा हलचल ल्याइदियो । आफू आफैंमा कौतुहलता प्रस्तुत ग¥यो । जसले गीतको चर्चा, विवाद, अश्लिल, भद्दा जस्ता नाम दिन थाल्यो । यो भन्दा बढी शब्द प्रस्तुत गर्ने त सुशीला लामाहरु लाइभदोहोरीमा छन् हैन र ? शब्दभित्रको साहित्य प्रस्तुतिकरण फरक भेटिएको होला । धेरैको सोचमा सिधै हान्यो होला । तर सिधा सिधा प्रश्नोत्तर भएका दोहोरी त समाजमा सदैव सुनिइरहेका छन् त्यसले के गरेको होला ? कसैले सोचेको छ कि छैन ? त्यहीँमाथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका विकृति, विसंगीत न्यूनिकरण कार्यदलका संयोजक र प्रस्तोता समाज नेपालका अध्यक्ष समेत रहेका शिव हमालले नै शब्द सिर्जना गरेका छन् । उनले आफ्नो जिम्मेवारीको ख्याल नगरी पक्कै शब्द सिर्जना गरेका पनि छैनन् होला !
    के अब ‘पापाकी परी’ विवादित भएकै हो त ? सम्झेर गइसक्यो सातो बरिलै !

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु