• अशिश्माले गाएको गीतमा शुशीलाको ठुम्का

    म्यूजिक खबर
    प्रकाशित: १४ फाल्गुन २०७६, बुधबार
    Rajib Balami

    काठमाडौं । अभिनेत्रीहरुको स्वरमा मात्र तयार हुन लागेको एल्बममा अभिनेत्री अशिश्मा नकर्मीले गीत गाएकी छिन् । गीतकार शान्तिप्रियको एकल शब्द र चलचित्रमा स्थापित अभिनेत्रीहरुको स्वर रहने उक्त एल्बममा समावेश ‘कोही भन्छन् मलाई स्वर्गकी परी’ गीतमा अभिनेत्री नकर्मीले स्वर भरेकी हुन् । यस गीतमा सन्तोष श्रेष्ठको संगीत र मनोज चौलागाईको संगीत संयोजन रहेको छ ।

    Rajiv Balami
    यस गीतको म्यूजिक भिडियो निर्माण गरिएको छ । उक्त भिडियोमा नृत्याङ्गना तथा मोडल शुशीला थापाले ठुम्का लगाएकी छिन् । गीतको नृत्य तथा निर्देशन राजीव बलामीले गरेका हुन् । भिडियोलाई मुकेश हुमागाईले खिचेका छन् ।
    फर्पिङको रमणीय दृश्यमा भिडियो निर्माण गरिएको छ । गीतको स्टिल फोटोग्राफी राम ढकालले गरेका छन् भने श्रृंगार कविता तोलाङ्गीले गरेकी छिन् । गीतको अब छिट्टै बजारमा आउने तयारीमा रहेको गीतकार शान्तिप्रियले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु