अस्मिताको परियारको सांगीतिक ‘सुरुवात’

म्यूजिक खबर
प्रकाशित: १४ आश्विन २०७७, बुधबार

काठमाडौं । विगत ६ वर्ष देखि निरन्तर संगीत साधनामा लागिरहेकी गायिका अस्मिता परियारको स्वरमा रहेको ‘सुरुवात’ बोलको गीत युट्युबमा सार्बजनिक गरिएको छ । प्रतिमा श्रेष्ठको शब्द रचना रहेको गीतमा अनिल शाहीको संगीत तथा संगीत संयोजन रहेको छ । गीतका शब्दहरुले प्रेमको अभिव्यक्ति प्रकट गरेको छ । ट्री इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र शान थापाको निर्देशन रहेको छ । नेपाली संगीत क्षेत्रमा एउटा आशालाग्दो प्रतिभाको रुपमा उदाएकी अस्मिता परियारले ललित कला नेपाल एकेडेमीमा संगीतको अध्ययन गर्दैछिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु