अशोक लेल्यान्डको लाइट कमर्सियल भेइकल ‘दोस्त’मा बेस्ट इन सेगमेन्ट ‘५ वर्षको वारेन्टी’

म्यूजिक खबर
प्रकाशित: ३ चैत्र २०७९, शुक्रबार

काठमाडौं । आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षितगरि आफ्नो लोकप्रियहलुका सवारी साधन (लाइट कमर्सियल भेइकल) ‘दोस्त’मा अटोमोबाइल क्षेत्रकैसंभवतसबैभन्दा बढी, ५ वर्षको वारेन्टी घोषणा गरेको छ ।
यो सवारी साधनउत्पादककम्पनीआफैंले घोषणा गरेको वास्तविकवारेन्टी हो र एक्सटेन्डेड वारेन्टी होइन । यो कदमग्राहकको सन्तुष्टि र ब्रान्डप्रतिको विश्वास बढाउनको लागिहो। यो नेपालको एलसीभीअर्थात लाइट कमर्सियल भेइकलको बजारमा सबैभन्दाप्रतिस्पर्धी वारेन्टी समेत हो ।

कम्पनीले प्रदानगर्ने घोषणा गरेको नयाँवारेन्टी बेस्ट इन सेगमेन्ट हो । यसले दोस्तको पर्फमेन्स बढाउन सहयोग गर्ने सबै रेन्जकाकम्पोनेन्टहरुलाई यसले कभर गर्नेछ । योवारेन्टी अन्तर्गत इन्जिनका साथसाथै पावर स्टेयरिङ बक्स, पावर स्टेयरिङ पम्प, टर्बोचार्जर, फ्युलइन्जेक्सनपम्प र इन्जेक्टर, एयर कम्प्रेसर, इन्टरकुलर÷रेडिएटर कोर र कुलिङ फ्यान क्लच जस्ता प्रमुखउपकरण सबैमा कभर हुनेछ । यसका साथै गियरबक्स, रियर र फ्रन्ट एक्सलका साथै इन्जिनवायरिङ, स्टार्टर मोटर, अल्टरनेटर जस्ता इलेक्ट्रिकल कम्पोनेन्ट र इलेक्ट्रोनिककम्पोनेन्ट युनिट समेत कभर हुनेछ ।

नयाँअफरको वारेमा टिप्पणी गर्दैआइएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले भन्नुभयो, ‘उत्पादककम्पनीको ५ वर्षे वारेन्टी एलसीभी सेगमेन्टमै पहिलो र यो सेगमेन्टकै सबैभन्दा राम्रो हो । धेरै कम्पनीहरुले ३ वर्षे वारेन्टी मात्रउपलब्ध गराइरहेको सन्दर्भमाअशोक लेल्यान्डको यो अर्को ठूलो कदमहो, जसले आफ्नो उत्पादनमाविश्वसनियता बढाउनुका साथै ग्राहकलाई थोरै मूल्यमाआफ्नो सवारी साधन सञ्चालनगर्न सहयोग पु¥याउने छ । हाम्रो लाइट कमर्सियल भेइकलमा यस प्रकारको नयाँवारेन्टी अफर उपलब्ध गराउनपाएकोमाहामीनिकै नै खुसी छौ, जसले गर्दा हाम्राग्राहकलाईआफ्नो सवारी साधनअझै विश्वसनियतरिकाले प्रयोग गर्न सहयोग गर्नुका साथै दीर्घकालीन सञ्चालनखर्चमा समेत कमील्याउन मद्दत गर्नेछ ।’

सबै प्रमुखकम्पोनेन्ट समेट्ने व्यापकवारेन्टी प्याकेज प्रदान गरेर कम्पनीले आफ्नाग्राहकहरूलाई झन्झटमुक्त स्वामित्वअनुभवप्रदानगर्ने लक्ष्य राखेको छ । परिष्कृत वारेन्टीले ब्रान्डको गुणस्तर र विश्वसनीयताप्रति प्रतिबद्धताको प्रमाण समेत दर्शाउछ ।

नेपालभरका अशोक लेल्यान्डका सबै डिलरसिप र सर्भिस स्टेसनहरूमार्फत उक्तवारेन्टी उपलब्धहुनेछ । कुनै कारणले सवारी साधनको स्वामित्वमा परिवर्तन भएको अवस्थामा समेत कम्पनीलाई सूचित गरेपछि तोकिएको अवधिको लागि सो वारेन्टी हस्तान्तरण हुनेछ ।

साथै, कम्पनीले ग्राहकहरुलाई आफुले चाहेको कमर्सियल गाडीहरु खरिद गर्न सहयोग पु¥याउनकालागि सहजफाइनान्स सुविधाको समेत घोषणा गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु