• गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले किन फर्कायो ?

    म्यूजिक खबर
    प्रकाशित: २९ मंसिर २०७९, बिहीबार
    astha-raut

    काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२३ को छेकोमा अमेरिकामा हुने सांगीतिक कार्यक्रममा प्रस्तुति दिन अमेरिका पुगेकी गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले फिर्ता पठाइदिएको छ ।
    अमेरिकाको डालस अन्तराष्ट्र्रिय विमानस्थलस्थित अध्यामगनले उनलाई फर्काइदिएको हो ।सांगीतिक कार्यक्रमका लागि पर्यटक भिषामा अमेरिका उडेकी गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ ।

    पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै अध्यागमनले उनलाई फिर्ता पठाएको हो ।
    डिसेम्बर १० मा अमेरिका डालस विमानस्थल ओर्लेकी आस्थालाई अध्यागमन अधिकारीले उक्त कारण देखाउँदै रोकेका थिए । यसअघि पनि आस्था भिजिट भिसामै अमेरिका पुगेर सांगीतिक कार्यक्रममा सहभागी भएकी थिइन् ।

    आस्था भन्छिन् – ‘यसअघि पनि २०१७, २०१८ र २०२१ मा भिजिट भिसामै कन्सर्ट गरेकोबारे जानकारी गराएँ, तर उहाँहरुले मान्नुभएन,’ उनले भनिन्, ‘काठमाडौं दूतावासमा गएर पुनः पी–३ भिसा लिएर आउन उहाँहरुले भन्नुभएको छ । सोहीअनुसार दूतावासमा पुगेर काउन्सिलरसँग कुरा गर्छु ।’

    पर्फमेन्स भिसा अर्थात् पीथ्रीमै पुनः अमेरिका आउन अध्यागमन अधिकारीले उनलाई भनेका छन् । आफूले सन् २०१५ मै भिजिट भिसा लिएको उनले बताइन् ।

    अंग्रेजी नयाँ वर्ष २०२३ को छेकोमा पेन्सिलभेनियाको लानकास्टरमा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा भाग लिन आस्था त्यसतर्फ जाँदै थिइन् ।

    बोल्ड एण्ड ब्युटिफूल गायिका आस्था राउतलाई नजिकबाट नियाल्दा

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु