• गायिका बबिना भट्टराईको स्वर र संगीतमा गजल गीत ‘गजलका कुरा’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २२ बैशाख २०८२, सोमबार

    काठमाडौँ । बबिना भट्टराईको स्वर तथा संगीतमा गजल गीत ‘गजलका कुरा’ सार्वजनिक भएको छ । गजलकार उत्तम विचारले लेखेको गजलका शेरहरुलाई बबिनाको मीठो स्वर र संगीतले उत्कृष्ट बनाएको छ ।

    विनोद भुजेलको एरेन्ज, नकुल कार्कीको रेकर्डिङ, प्रकाश खरेलको मिक्सिङ–मास्टरिङले गजललाई प्राविधिक रूपमा पनि सशक्त बनाएको छ।

    गीतको भिडियोमा गायिका बबिना आफै देखिएकी छन् । भिडियोमा उनलाई बाद्यवादन समुहसँग स्टेजमा रहेर गजल गाइरहेको देखाइएको छ ।

    ‘गजलका कुरा’ शीर्षक भिडियो ए.जे. अजुले निर्देशन गरेका हुन् भने अनिल विष्ट प्युठानीले सम्पादन गरेका छन्। बबिना स्वयं फिचर्ड भएको उक्त भिडियोले गजलको महफिलको अनुभूति दिलाउँछ। हार्मोनियममा उपेन्द्र लिम्बू, तबलामा दीपक सापकोटा, गिटारमा जय बी.के.को साथले गजललाई जिवन्त बनाएको छ।

    गजलको अडियो इमेज एफ.एम. ९७.९ मा हरिराम पौडेलको प्रस्तुति ‘मेचीदेखि महाकालीसम्म’ मार्फत सार्वजनिक गरिएको हो। गजलकार उत्तम विचारले ‘गजलको आकाशमा अर्को बादल थपिएको’ महसुस सुनाएका छन् भने गायिका बबिना भट्टराईले यो गजल श्रोता-दर्शकले न्याय दिने आशा व्यक्त गरेकी छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु