• श्यामकृष्णको शब्द र बबिनाको स्वर तथा संगीतमा ‘तिम्रै झझल्को’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ६ आश्विन २०८१, आईतवार

    ‘काठमाडौ । पछिल्लो समय नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रै झझल्को’ बोलको उक्त गीतलाई गीतकार श्याम कृष्ण डंगोल ‘प्रतीक्षा’ ले रचना गरेका हुन् । गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ महेश्वरमान राजभण्डारीको रहेको छ । गौरीघाट स्थित स्टुडियो साउण्ड मिलमा महेश्वरमान राजभण्डारीले रेकर्ड गरेका विरही भावको गीतको भिडियोलाई बबिना भट्टराईको अफिसियल युटुव मार्फत सार्वजनिक गरिएको हो ।

    जस्केलो क्रियशनद्धारा निर्माण गरिएको भिडियोलाई ललितपुरको ठेचो र आसपासको सुन्दर पृष्ठभूमिमा छायाकंन गरिएको हो । गीतको भिडियोमा नविन लुहागुन, ओसिन आङ्दाङ्वे, राजु श्रेष्ठले अभिनय गरेका छन् भने कलाकारलाई रोनी ग्लाम स्टुडियो धुमबाराहीको तर्फबाट रोनिशा अधिकारीले आफ्नो श्रृङ्गार कलाले सिंगारेकी छिन् ।

    गीतमा समाजमा घटिरहने प्रेम विछोडको कथालाई उतार्ने प्रयास गरिएको छ ।

    भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर गायिका भट्टराईले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु