बद्री पंगेनीको ‘तिम्रो घरमा मेरी छोरी’ जातीय विभेदविरुद्धको बुलन्द आवाज

म्यूजिक खबर
प्रकाशित: १ पुष २०७७, बुधबार

काठमाडौं । लोकप्रिय गायक बद्री पंगेनी लोकदोहोरी गायन क्षेत्रमा जति उचाइ बोकेका छन् त्यो भन्दा बढी समाज परिवर्तनको धारमा स्थापित देखिन्छन् । लोकदोहोरी गायनबाट सांगीतिक यात्रामा पाइला टेकेका भए पनि लोकलयकै माध्यमबाट प्रगतिशील धारमा समाज परिवर्तन गर्न खोज्ने सशक्त गायक हुन् उनी । उनका लाऊ चेली सिन्दुर लाऊ होस् या त्रिशुलीको किनारमा बालुवा चाल्नेहरु हुन् धेरै परिवर्तनकामी गीतहरु बजारमा आएका छन् ।
लोकप्रिय गायक बद्री पंगेनी जहिले पनि समाजलाई संगीतबाट नै सुधार ल्याउन सकिन्छ भन्ने सोचमा देखिन्छन् । त्यसको पछिल्लो उदाहरण हो ‘तिम्रो घरमा मेरी छोरी’ । यो गीत सार्वजनिक भएसँगै उनी जातीय विभेदविरुद्ध गीतमार्फत बुलन्द आवाज लिएर उठेको देखिन्छ । दुःखी, गरिब, श्रमजीवी वर्ग, उत्पीडित वर्ग र दलित समुदायमा देखिएको समस्याहरुसँग नजिक रहेर हुने खाने भन्दा पनि हुँदा खानेको अधिकारको निम्ती उनका आवाजहरु उठ्ने गरेको पाइन्छ ।

कला चल्यो गला चल्यो
मान्छे चलेन
तिम्रो घरमा मेरी छोरी
भान्छे चलेन
किन सम्धिनी मान्छे चलेन

माथिका शब्दहरु आफैंमा समाज परिवर्तनको धारमा देखिन्छ । विभेदको चरम विन्दुमा पुगेको हाम्रो समाजलाई यिनै शब्दहरुले परिवर्तन गरिरहेको आभास हुन्छ । गायक पंगेनी र यसका गीतकार नारायण ज्ञवालीहरु नै जातीय विभेद विरुद्धको लँडाईमा लागिरहेका छन् । यस गीतको संगीत गायक पंगेनीले नै भरेका छन् ।
गायक बद्री पंगेनी र रचना रिमालको स्वर रहेको यो गीतको म्यूजिक भिडियोलाई गायक स्वयम्ले नै निर्देशन गरेका छन् । भिडियोमा वरिष्ठ कलाकारद्वय सन्तोष पन्त र लक्ष्मी गिरीको सशक्त अभिनय रहेको छ । गीतको भिडियोलाई गायक बद्री पंगेनीको अफिसियल यूट्यूब च्यानलबाट नै सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु