• बद्री पंगेनी र एलिना चौहानको स्वरमा ‘दुई पाइला’

    म्यूजिक खबर
    प्रकाशित: ३ असार २०८०, आईतवार
    Badri pangeni

    काठमाडौं । चर्चित गायक बद्री कुमार पंगेनी र गायिका एलिना चौहानको स्वरमा ‘दुई पाइला’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ।

    नारायण ज्ञवालीको शब्द र सुदीप सागरको संगीत संयोजन रहेको गीतमा गायक पंगेनीले संगीत भरेका छन्।

    पंगेनीकै कथा र निर्देशन रहेको गीतको भिडियोमा प्रकाश सपुत र पूजा पौडेलको प्रेम कहानी देखाइएको छ। साथै भिडियोमा रमेश विक, सुवास रिजाल, मित्र अधिकारी, अपेक्षा अधिकारी र गोपाल ज्ञवालीले अभिनय गरेका छन्।

    म्यूजिक भिडियोको छायाँकन राजेश घिमिरेले गरेका छन् भने प्रविण भट्टको सम्पादन रहेको छ । गीत गायक पंगेनीकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु