कलाले ल्याइन् समाजको तितो यथार्थ चित्रण गरिएको मनै रुवाउने तीज गीत, हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: २२ असार २०७५, शुक्रबार

असार २२, काठमाडौं । हिन्दू नारीहरुको महान पर्व तिज विशेष गीतहरु सार्वजनिक गर्नेको क्रम बढ्दो छ । यहि क्रममा गायिका कला पंगेनी पनि थपिएकी छिन् । समाजको तितो यथार्थ चित्रण गरिएको गीत अत्यन्तै मर्मस्पर्शी, नाँच्न योग्य छ । “चिटिक्कै मलाई सुहायो” बोलको गीतमा गायिका कला पंगेनी र गायक बद्रि पंगेनीको स्वर अनि नरेन्द्र बस्नेतको लय शब्द रहेको गीत सार्वजनिक भएको छ ।

गोर्खा रेडियो यूकेको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा परदेशिएको आफ्नो मायालुसंग पोखिएको वेदनाले र परदेशदेखि गाउँघर अनि मेलापातसमेतलाई समेटिएको छ ।

गीतको म्यूजिक भीडीयोमा अन्जली अधिकारी र महेन्द्र गौतमले कम्मर मर्काएका छन् भने स्यमं गायिका कला र राजेन्द्र भण्डारीको जोडदार अभिनय रहेको छ । गीतको म्यूजीक भीडीयोमा प्रविन थापाको निर्देशन, शक्ति प्रज्वल घिमिरेको छायांकन तथा सम्पादन रहेको छ भने दृश्य निर्माणमा ह्वाइट मिडिया प्रा.लि.को भूमिका रहेको छ ।

हेर्नुहोस् भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु