गजलकार अधिकारीलाई मातृशोक

म्यूजिक खबर
प्रकाशित: १३ असार २०७७, शनिबार

पोखरा । गजलकार अनुराग अधिकारीलाई माृतशोक परेको छ । अधिकारीकी ८५ वर्षीया आमा बद्रीमाया अधिकारीको बिहीबार पोखरामा निधन भएको हो । अन्तिम अवस्थामा दम रोगका कारण समस्या देखिएपछि अधिकारीलाई पोखराको मेट्रोसिटी हस्पिटलमा लगिएकोमा उपचार हुँदा हुँदै अपरान्ह ३ः३० बजे अस्पतालले मृत्युको घोषणा गरेको थियो । दिवङ्गत अधिकारीका २ छोराहरु अनुराग (पिताम्बर) र दीननाथ छन् भने ६ छोरीमध्ये नारायणी सुवेदी, पार्वती सिग्देल, शारदा बराल, राधा बराल, भगवती पौडेल रहेका छन् । माहिली छोरी कृष्णा भट्टराई र श्रीमान् विश्वनाथ अधिकारीको निधन भइसकेको छ । अधिकारीका २३ जना नातिनातिनी रहेका छन् ।
Music Khabar

अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक अनुुराग अधिकारी सुगम सङ्गीत यात्राका अध्यक्ष, गीतकार प्रतिष्ठान, नेपालका महासचिव पनि हुन् । उनी शिक्षण, साहित्य र सञ्चारका क्षेत्रमा क्रियाशील छन् । अनुरागकै रचना, हरिहर खनियाको सङ्गीत र सी. डी. विजय अधिकारीको स्वरमा रहेको आमा तिम्रो पाउमा शिर राखी जिन्दगीभर थाक्दिनँ म… बोलको गजलमा आमा बद्रीमायाले अभिनयसमेत गरेकी थिइन् । अधिकारी परिवार हाल पोखरा–३१, वेगनासमा रहेको घरमा काजक्रियामा रहेका छन् ।
म्यूजिक खबर परिवार बद्रीमाया अधिकारीप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु