बाल के.को शब्द-संगीत, अञ्जु र प्रमोदको स्वरमा ‘उडायो पछ्यौरी’

म्यूजिक खबर
प्रकाशित: १० चैत्र २०७७, मंगलवार

काठमाडौँ । गायिका अञ्जु पन्त र गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘उडायो पछ्यौरी’ सार्वजनिक भएको छ । बाल के। न्यौपानेको शब्द तथा संगीत रहेको गीतमा पुस्कर सुनुवारको संगीत संयोजन छ ।


गीतको भिडियोमा गरीमा शर्मा र मोडल सुरज श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियो रोमान्टिक बनेको छ ।

सिरेन बराल नृत्य, सुबोल थापाको छायाँकन र दीपक गिरीको सम्पादन रहेको भिडियो सिरेन बरालले नै निर्देशन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु