अमेरिकाबाट “ब्याटल अफ सिंगर्स” शुरु हुने

म्यूजिक खबर
प्रकाशित: २५ मंसिर २०७७, बिहीबार

कोरोना कहरको कारण विश्वव्यापी लकडाउन भए पश्चात संगीत क्षेत्रको ठूलो फड्को नै मारेको छ । विशेष गरी अनलाईन सांगितिक प्रतियोगिताको लहरले यस क्षेत्रमा लाग्ने प्रतिभाहरुका लागि ठूलो अवसर प्रदान गर्दै आएको छ । यसै क्रममा अमेरिकामा रहँदै आएका नेपालीहरुको प्रयासमा सञ्चालित विश्वव्यापी डिजिटल मञ्च “नौलो डिजिटल” nauloodigital ले पनि एउटा विश्वव्यापी सांगितिक प्रतिस्पर्धा आयोजना गर्ने भएको छ ।
“ब्याटल अफ सिंगर्स” नाम दिइएको सो प्रतिस्पर्धामा विश्वको जुनसुकै कुनामा रहेका प्रतिभाहरुले भाग लिन पाउने जनाइएको छ । कुनै वर्ग विशेष, उमेर आदिको बन्देज नगरिएको सो “ब्याटल अफ सिंगर्स”मा भाग लिनको लागि प्रतियोगीले कुनै पनि गीत गाएर त्यसको भिडियो बनाएर पठाउनु पर्नेछ । प्रतियोगितामा भाग लिने चाहनहरुले एउटाभन्दा बढी जतिसुकै संख्यामा गीतको भिडियो बनाएर पठाउन सकिनेछ भने त्यसरी प्राप्त गीतलाई आयोजकको युट्युब लगायत आयोजककै अन्य सामाजिक सञ्जाल लगायतका डिजिटल माध्यमहरुबाट प्रसारण गरिनेछ ।
त्यसरी प्रसारण गरिएका गीतहरु मध्येबाट सबैभन्दा बढी दर्शक पाउने गीतका सर्जकलाई एक हजार डलर नगद प्रदान गरीनुका साथै एउटा म्युजिक भिडियो पनि आयोजकले बनाई दिने व्यवस्था गरिएको छ । त्यसैगरी सबैभन्दा बढी एक अर्कामा वितरण share गरिएको गीतका सर्जकलाई पाँच सय डलर नगदका साथै एउटा म्युजिक भिडियो बनाई दिने व्यवस्था छ । यो प्रतियोगितामा भाग लिन चाहनेहरुले आयोजकको वेबसाइट naulodigital.com मार्फत आवेदन गर्न सक्ने कुरा आयोजकको तर्फबाट सुनिल माथेमा प्रधानले बताउनु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु