• गीतकार वामदेव गौतमको आफ्नै गीतमा अभिनय

    म्यूजिक खबर
    प्रकाशित: १३ भाद्र २०७७, शनिबार

    काठमाडौं । राजनीतिकसँगै गीति लेखनमा पनि सक्रिय रहेको पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं नेकपाका नेता वामदेव गौतम पहिलो पटक आफ्नै गीतको म्युजिक भिडियोमा देखिएका छन् । आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उनले आफैं अभिनय गरेका हुन् । छन्द कविता र गीति लेखनमा जीवनको प्रारम्भिककालदेखि रुचि राख्ने गौमलका दर्जनौं गीतहरु रेकर्ड भइसकेका छन् ।

    राष्ट्रभक्तिमा आधारित रहेको गीललाई मनोहर सुनामको संगीत संयोजनमा वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् । गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, र अञ्जना गुरुङले स्वर दिएका छन् ।
    म्यूजिक भिडियोलाई भिडियो दीर्घ गुरुङले छायाँकन गरेका हुन् भने निर्देशन तथा सम्पादन जीवन थापाले गरेका छन् ।

    गीतकार गौतमले रचना गरेका ४३ वटा गीतहरुलाई एकत्रित गरी गीति संग्रह समेत सार्वजनिक गरिएको छ । संग्रहमा केही सार्वजनिक भएका र केही हुन बाँकी रहेका गीतहरु समावेश गरिएको छ । गौतमले गीतिलेखनकै माध्यमबाट नेपालको राष्ट्रिय गानका लागिसमेत भाग लिएका थिए । तर उनको गीत छनोटमा परेन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु