बर्षा र दिपा बने चियावाली कुरामा रोकिएन हाँसो (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ३० फाल्गुन २०७५, बिहीबार

नायिका बर्षा राउतले करिब १ महिना अघि आफ्ना प्रेमी सन्जोग कोइरालासँग विवाह गरेकी थिइन् । विवाहपछि अहिले उनीहरुको जीवन निकै राम्रो चलिरहेको छ । बर्षा आफ्नो चलचित्रको काममा व्यस्त छिन् भने सन्जोग पनि आफ्नै विजनेशमा रमाइरहेका छन् ।उनको चिया अड्डामा दिपा र दिपकको पनि लगानी रहेको छ । उनको चिया अड्डाको ओपनिङमा केही कलाकार पनि आएका दिए । दिपक, दिपा, जितु नेपाल लगायतका कलाकार उक्त ओपनिङमा आएका थिए ।त्यस्तै सन्जोगले हालैमात्र नयाँ वानेश्वरमा आफ्नो नयाँ चिया अड्डा खोलेका छन् । केहीदिन अघिमात्र उनको चिया अड्डाको ओपनिङ गरेका छन् ।सबैजना धेरै समय भेट हुदाँ निकै रमाइलो पनि गरे । विशेषगरी दिपा र बर्षालाई सबै मिलेर चियावाली भन्दै जिस्काउँदै सबैको हाँसो रोकिएको थिएन । त्यस्तै बर्षा र सन्जोगलाई दिपक र दिपा मिलेर विवाह गरे फसेँ भन्दै जिस्काउन समेत भ्याए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु