शिवजीलाई खुसी पार्न कल्पना र वर्षाको अनेक उपाय

म्यूजिक खबर
प्रकाशित: ८ श्रावण २०७९, आईतवार

काठमाडौं । यसपालीको तीज भदौ १४ मा परेको छ । तर जेठ महिना नसकिंदै तीज नजिकिएको आभाष हुन थालेको छ । एक पछि अर्को तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तै गायिका कल्पना कुसुमले पनि नयाँ तीज गीत ‘लेहेङ्गा लगाउँछु’ सार्वजनिक गरेकी छिन् । गीतमा कुसुमको सुमधुर स्वर, डा. शिव सुवेदीको मौलिक शब्द अर्जुन पोखरेलको मीठो संगीत सुन्न सकिन्छ ।

गायिका कल्पनाले तीजको भाकामा गीत गाइरहँदा कुर्ता सुरुवाल र लेहेङ्गा सजिएकी अभिनेत्री एवं मोडल वर्षा राउत छमछमी नाचेकी छिन् ।
गीतमा कुर्ता सुरुवाल लगाउँदा पनी शिवजीले आँखा नलगाएको हुनाले अब खुशी पार्न लेहेङ्गा र अन्य श्रृंगारको समान लगाउने बताइएको छ ।
गीत गीतकार सुवेदीको आफनै युट्युव च्यानबाट सार्वजनिक भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु