वर्षाको प्रेममा मदहोश लेख

म्यूजिक खबर
प्रकाशित: २७ चैत्र २०७९, सोमबार

अमेरिकामा बसेर नेपाली साहित्य र संगीतमा निरन्तर योगदान दिँदै आएका कवि तथा गायक लेख काफ्लेको नयाँ गीत “मदहोश बनेँ” सार्वजनिक भएकोछ।काफ्लेकै अफिसियल युट्यूब च्यानलबाट रिलिज भएको उक्त गीतमा शब्द गायक स्वयंको रहेको छ भने यस गीतमा संगीत किरण भुसालले दिएका छन्।

गीतको मिक्सिङ तथा मास्टरिङ भने फिलस्टुडियोका अशोक महर्जनले गर्नु भएकोछ।

नेपालको मनोरम पहाडी जिल्ला दोलखाका रमणीय स्थलहरूमा छायांकन गरिएको उक्त गीतको म्यूजिक भिडियो मा चर्चित सिने अभि नेत्री वर्षा शिवाकोटी, वरिष्ठ कलाकार सुरवीर पण्डित र लेख काफ्लेको अभिनय रहेकोछ।

एक प्रेमिल जोडीको प्रेमकहानी र वियोगान्त कथालाई निर्देशक केशवराज भट्टले म्यूजिक भिडियोमा कलात्मक शैलीमा प्रस्तुत गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु