श्रीमान श्रीमती बिच प्रेममा हुने द्वन्द्वमा आधारित ‘हेप्नी मलाई हेप्नी’

म्यूजिक खबर
प्रकाशित: २४ पुष २०७७, शुक्रबार

काठमाडौं । नायिका वर्षा सिवाकोटी र नवराज न्यौपानेको जोडीको अभिनय रहेको साथै एलीना चौहान र योगेश काजीको आवाजमा सजिएको ‘हेप्नी मलाई हेप्नी’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार लोकराज अधिकारीको शब्द रहेको गीतलाई क्रान्ति केसीले निर्देशन र सम्पादन गरेका छन् ।

भिडियोमा वर्षा र नवराज संगै शिवहरि वैरागी ,रश्मि भट्ट लगायत कलाकारहरूको पनि अभिनय हेर्न सकिन्छ । योगेश काजीको संगीत र एरेन्ज समावेश रहेको भिडियोलाई अजय रेग्मीले खिचेको हुन । वाइटिच युट्युब च्यानलबाट रिलिज हुने भिडियोको निर्माण नवराज न्यौपानेले गरेका हुन । सामाजिक सञ्जालको प्रयोग र प्रेममा हुने द्वन्दलाई गीतको भिडियोमा उतारिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु