• बसन्ती र बाबुलको ‘नेपाल गए कपालसँगै’मा पल, प्रिज्मा र प्रिन्सी

    म्यूजिक खवर
    प्रकाशित: ८ मंसिर २०७७, सोमबार

    काठमाडौं । गायिका बसन्ती लामा र बाबुल गिरीको स्वरमा रहेको ‘नेपाल गए कपालसँगै’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीत सार्वजनिक भएसँगै निकै चर्चामा रहेको छ । केन्द्र मोसनको युटुब च्यानलबाट सार्वजनिक उक्त गीत गायक बाबुल गिरीको शब्द सृजना तथा संगीत रहेको छ ।

    सुरेन्द्र मल्लले निर्देशन गरेको म्युजिक भिडियोमा गम्भीर बिष्टले कोरियोग्राफर गरेका छन् भने चक्र बहादुर बरालले छायांकन गरेका छन् । सिलान लम्सालले सम्पादन गरेको म्युजिक भिडियोमा पछिल्लो समय युवा पुस्तामा निकै नै लोकप्रिय मोडल पल शाह,प्रिज्मा,प्रिन्सी,अब्रिन,यादब र विमलाको अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु