• बासुदेव र सुप्रियाले गाए ‘तिम्रै लाग्छ माया’

    म्यूजिक खबर
    प्रकाशित: ७ चैत्र २०७६, शुक्रबार

    काठमाडौं । पुर्बेली गायक बासुदेव राईले गायिका सुप्रिया राईलाई तिम्रै लाग्छ माया भन्दै हौस्याएका छन् । उनले एक गीत मार्फत यसरी हौस्याएका हुन् । केही समय अगाडी मात्र भोजपुरै दिङ्ला बजारमा ल्याएका राईको तिम्रै लाग्छ माया तेश्रो प्रस्तुतिको रुपमा आएको छ ।

    पुर्बेली जुनतारा म्युजिक प्रा।लि।को प्रस्तुतिमा आएको उक्त गीतमा प्रियजन राईको शब्द तथा संगीत रहेको छ भने दिनेश राजबाहकको संगीत संयोजन रहेको छ । समिर राईले छायाँकन गरेको भिडियोको सम्पादन तुलसी बाँस्कोटाले गरेका छन् । पुर्बेली मौलिक स्वरमा अब्बल गायक बासुदेव राईले श्रोताहरुको माग बमाृेजिम तत्कालै अर्को प्रस्तुति ल्याउँने गरी तयारी गरिरहेको बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु