धुन सम्राट अनुरागीको मुटु करौंतीमा, जिन्दगी धरौटीमा

म्यूजिक खबर
प्रकाशित: २३ असार २०७७, मंगलवार

काठमाडौं । बीबी अनुरागी नेपाली सांगीतिक धरातलको गर्विलो नाम हो । धुन सम्राट समेत भनेर चिनिएका उनै अनुरागी यतिबेला ‘मुटु मेरो करौंतीमा छ आफ्नै देश फर्कौं म कसरी, जिन्दगी नै धरौटीमा छ’ भनिरहेका छन् । प्रसंग उनको पछिल्लो समयमा सार्वजनिक भएको गीत ‘करौंती’ को हो । बाध्यताले परदेशीएका नेपालीहरुको यथार्थ चित्रण गर्दै उनले गीत सार्वजनिक गरेका हुन् । उक्त गीतमा अनुरागी स्वयमको शब्द, संगीत, एरेञ्ज र स्वर रहेको गीतमा जीवनको उर्वर समय प्रदेशको भूमिमा खेर फाल्न विवश लाखौँ नेपालीहरुको यथार्थ भोगाईको कथालाई गीतमा चित्रण गरिएको छ ।

गीत सुन्दा निकै मार्मिक लाग्ने गीतको भिडियो पनि हेर्दा मन चसक्क हुने बनेको छ । प्रिज्म स्टुडियोमा रेकडिङ भएको गीतलाई स्यामस्वेत रसाइलीले मिक्सीङ गरेका छन्। भिडियोमा अनुरागी, सुनिता, शिक्षा र सर्जक फिचर्ड छन्। बिवेक विश्वकर्माको सम्पादन र छायांकन रहेको भिडियोको निर्देशन अनुरागीले गरेका हुन्।
ओपल ईन्टरटेन्मेटको युट्युव च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु