“धुन सम्राट” उपाधीबाट बि.बि.अनुरागी सम्मानित !

म्यूजिक खबर
प्रकाशित: २७ पुष २०७६, आईतवार

पोखरा। प्रसिध्द सङ्गीतकार, गायक, गीतकार एवम सङ्गीत सम्योजक बि.बि. अनुरागीलाई शनिबार पोखरामा सम्पदा कला मन्दिरले एक भब्य समारोहका बीच “धुन सम्राट” उपाधी सहित सम्मान गरेको छ । लामो समयदेखी सङ्गीत, गायन, गीत लेखन र सङ्गीत सम्योजन जस्ता बिबिध बिधामा सम्लग्न रही नेपाली गीत सङ्गीतमा अतुलनीय योगदान पुर्‍याएका अनुरागीले सङ्गीत गर्दा होस या सङ्गीत सम्योजन गर्दा होस छोटो र एकै बसाईमा बिबिधतापूर्ण ढङ्गले धुन भर्न (सङ्गीत गर्न सक्ने) अलग्गै खुबी भएको सर्जक भएको उल्लेख गर्दै उनको यो बहुमुखी र अलौकिक प्रतिभाको उच्च मुल्याङ्कन गरि धुन सम्राटको उपाधी सहित सम्मान गरिएको हो । आयोजक सस्थाका अध्यक्ष अलौकिक कवि देशभक्त सिह कुवरको सभापतित्व र केन्द्रीय साम्सद सुर्य बहादुर के.सी. को प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा अलौकिक कवि देशभक्त सिह कुवरको पछिल्लो कृति सिजो संग्रह सामानाको पनि लोकार्पण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी सुर्य बहादुर के.सी.ले सम्मानित ब्यक्तित्वहरुलाई शुभकामना दिदै सर्जकहरुमा देशको मुहार फेर्ने र देशको गरिमा बढाउन सक्ने शक्ति र सामर्थ्य हुन्छ । तसर्थ देशको अवस्था हेरिकन सही दिशा निर्देशन गरि देशको गरिमा बढाउन आग्रह गरेका थिए । त्यसै गरि सम्मानित सबै सर्जकको प्रतिनिधित्व गर्दै धुन सम्राट उपाधिद्वारा सम्मानित सर्जक बि.बि.अनुरागीले यो उपाधीले मलाई खुसी र चिन्तित उत्तिकै बनाएको छ । यति ठूलो उपाधी सहितको यो सम्मानले अत्यन्तै खुसी छु र चिन्तित यो मानेमा छु कि यो सम्मानको लायक म थिए या थिइन फेरि पनि मलाई यो सम्मानको भारी बोकाउन भयो यो बोकेर गन्तब्यमा पुग्न मैले धेरै बाटो तय गर्नु छ । यो उपाधिले हौसला र चुनौती दुबै थपेको छ आजसम्म जे जति काम गरे छु त्यो भन्दा अझै तीन गुणा गर्नु छ र म गर्ने छु भनेर प्रण समेत गरेका थिए । सर्जक अनुरागी सहित चलचित्र निर्देशक घनश्याम लामिछाने, साहित्यकार रमा प्राशर, कलाकार मिलन शेरचन, लोक गायक पद्मराज ढकाल, प्रा.डा. याम बहादुर पौडेल क्षेत्री, बिश्वमोहन गौचन, दिपेन्द्र सुनार, लगायतका बिबिध क्षेत्रमा योगदान पुर्‍याएका ब्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा सस्थाका संरक्षक एवम बरिष्ठ साहित्यकार क्षेत्र बहादुर कुवर, अम्बिका राणा, लोकगायक एवम सारङ्गीबादक धन बहादुर गायक, लोकार्पण कृतिका सर्जक देशभक्त सिह कुवर लगायतले मन्त्यब्य ब्यक्त गर्नु भएको थियो । भने कार्यक्रम सन्चालन सन्चारकर्मी तिर्सना लक्ष्मी गुरुङले गर्नु भएको थियो ।

धुन सम्राट उपाधिबाट बिभुषित अनुरागीले लोक, लोकपप, लोक दोहरी, आधुनिक, पप, चलचित्र, विभिन्न भाषा भाषिका र चाड विशेष लगायतका बिबिधतापूर्ण झन्डै १५०० भन्दा बढी गीतमा धुन (सङ्गीत) भरेका छन । भने करीव ८ हजार गीतमा सङ्गीत सम्योजन गरेका छन । सयौ गीत गायन र रचना गरेका अनुरागीको गीत संग्रह “तिम्रै झल्को” गत बर्ष प्रकाशित भएको थियो । आधा दर्जन भन्दा बढी एकल प्रस्तुती गरेका अनुरागीका उडेर जून छुन्छु भन्थे, जहाँ तिमी त्यहा म, जाउला रेलै सरर गोर्खा पल्टन, बिछोडको करौतिले, तिम्रै झल्को लाउछ निरमाया, जसलाई मुटुको अशं, दुई चुल्ठी बाटेर, लगायतका सयौ लोकले रुचाएका अत्यन्तै सर्वप्रीय र कालजयी गीतहरु रहेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु