स्वरकी धनि, मनकी खानी : मेलिना

म्यूजिक खबर
प्रकाशित: १४ जेष्ठ २०७७, बुधबार

काठमान्डौं । कोरोना भाइरसको संक्रमणको जोखिमलाई कम गर्नका लागि सरकारले लागू गरेको लामो लकडाउनले जनजीवन प्रभावित भएको छ । धेरै संगीतकर्मीले रोजगारी गुमाएका छन् । कतिपयलाई त विहान बेलुका हात मुख जोर्न पनि समस्या छ ।

यहि समस्यालाई थोरै मात्र भएपनि राहत होस् भन्दै गायिका मेलिना राईले संगीतकार संघ नेपालको कल्याणकारी कोषमा एक लाख रुपैयाँ सहयोग गरेकी छन् ।

मेलिनाले संगीतकार संघ नेपालको कल्याणकारी कोषमा एक लाख रुपैयाँ सहयोग गरेको संगीतकार संघ नेपालका कोषाध्यक्ष हरि लम्सालले जानकारी दिएका छन् । कोषाध्यक्ष लम्सालले म्यूजिक कम्पोजर एसोसिएसन नेपालको फेसबुक पेजमार्फत जानकारी दिँदै मेलिनालाई धन्यबाद दिएका छन् । कोषाध्यक्ष लम्सालले मेलिनाले गरेको सहयोगका कारण आहतमा रहेका श्रस्टा कलाकारहरूलाई ठूलो राहत मिल्ने बताएका छन् ।

संगीतकार संघ नेपालले लकडाउनका कारण सिर्जनशिल श्रम गरेर परिवार र आफु पालिन्दै आएका श्रष्टाहरूलाई समस्या परेको अवस्थामा सहयोग पुर्याउने उदेश्यले सहयोग अभियान चलाइरहेको छ । श्रष्टाहरूलाई संघले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर समेत टिपाउन आग्रह गरेका छन् ।
संगीतकार संघ नेपालको कल्याणकारी कोषमा संकलित रकम केहि दिन पछि लक डाउनका कारण प्रभावमा परेका रेकर्डिस्ट, बाद्यबादक लगायतका संगीतकर्मीहरुलाई राहत स्वरुप प्रदान गरिने छ ।

त्यस्तै संघीय राजधानी काठमाडौमा निर्वाचन क्षेत्रका नागरिकलाई राहत बाड्दै हिडेका सांसद सुदन किरातीलाई गायीका मेलिना राईले समेत साथ दिएकि छिन् । गायीका राईले सांसद किरातीले गरिरहेको राहत सहयोगमा ३३ बोरा चामल रु ५० हजार बराबरको सहयोग गरेकि हुन् ।

लकडाउनले काठमाडौमा थुनिएर बस्नुपरेपछि धेरैको लागि दैनिक छाकटार्ननै समस्या हुन थालेकाले सांसद किराती घरडेरामा चामल बोकेर पुग्न थालेका थिए । कोरोनाका कारण निम्त्याएको संकटबाट प्रभावितलाई सहयोग गर्न निरन्तर तल्लिन सांसदको लागि आफ्नो तर्फबाट थोरै सहयोग गरेको र आफ्नो सानो सहयोगले सांसद किरातीको महाअभियानमा जोडिन पाउँदा खुसि लागेको बताएकि छिन् ।

गायिका राईले काठमाडौको सुन्दर टोलमा सडकका अलपत्र मानिसहरुलाई खाना खुवाउने १ हप्ते अभियानमा समेत सहयोग गरेकि छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु