
काठमाडौं । अमेजोन इन्टरटेनमेन्टले आयोजना गरेको मिस व्यूटी क्विन नेपाल तथा मिसेस नेपाल आइडल–२०१९ को उपाधि क्रमशः प्रकृति लिम्बु तथा सोभिता राईले जितेका छन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित दुबै प्रतियोगिताको ग्राण्ड फिनालेमा प्रकृति र सोभिताले आ–आफ्नो विधाका प्रतिस्पर्धिहरुलाई पछि पारेका हुन् । दुई भिन्न प्रतियोगिताहरु एउटै स्टेजमा एकै साथ आयोजना गरिएको थियो ।
प्रतियोगितामा मिस व्यूटि क्विनतर्फ दिक्षा रिसालले फस्र्ट रनर्स अपको उपाधि जितिन् भने प्रनिशा नोपलले सेकेण्ड रनर्स अपको उपाधिमा चित्त बुझाइन् । मिसेस नेपाल आइडलतर्फ मिरा नेपालीले फस्र्ट रनर्स अप तथा रीता महजनले सेकेन्ड रनर्स अपको उपाधि जिते । उक्त प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोग्राफी गरेकी हुन् ।
प्रतियोगिताको मिस ब्यूटितर्फ प्रमिशा नेपालले बेस्ट पर्सनालिटी, अनिला खत्रीले बेस्ट डिसिप्लिन, उषा लामिछानेले मस्ट एक्टिभ, दिक्षा रिसालले मोस्ट एक्ट्रयाक्टिभ, कमला तामाङले बेस्ट फोटोजेनिक, प्रकृति लिम्बुले मोस्ट कन्फिडेन्ट, कमला तामाङले बेस्ट डे«स, उषा लामिछानेले पब्लिक च्वाइस तथा अनिला खत्रीले मोस्ट पपुलरको शीर्षक उपाधि जित्न सफल भए ।
मिसेस नेपाल आइडलतर्फ सलिना गुरुङले बेस्ट पर्सनालिटी, इस्मा राईले बेस्ट ट्यालेन्ट तथा बेस्ट ड्रेस, पारु थापा मगरले बेस्ट हेयर, पूजा तामाङले बेस्ट स्किनरपब्लिक च्वाइसर मोस्ट पपुलर, रीता महर्जनले बेस्ट फोटोजेनिक, शोभिता राईले मोस्ट स्मार्ट, आष्मा श्रेष्ठले मोस्ट एक्टिभ तथा मीरा नेपालीले मोस्ट कन्फिडेको उपाधि जित्न सफल भए ।
मिसेस नेपाल आइडलतर्फ मिस नेपाल–२००० उषा खड्गी मुख्य निर्णायकको रुपमा रहेकी थिइन् भन् मिसेस व्युटिसियन नेपाल–२०१५ की विजेता गौरा राई क्षेत्री, मिसेस नेपाल आइडल— २०१७ की विजेता रक्की श्रेष्ठ, मिसेस मंगोल नेपाल—२०१९ की विजेता बिमला पैजा निर्णाकको रुप रहेका थिए ।
त्यसैगरी मिस ब्यूटि क्विन नेपालको मुख्य निर्णायकमा अभिनेत्री तथा मोडल सुमी मोक्तान मुख्य निर्णाइक रहेकी थिइन् भने मिस्टर हेण्डसम नेपाल—२०१८ का विजेता मिलन रेग्मी तथा मिसेस ग्लोबल नेपाल—२०१८ की फस्ट रनर्स अप लीला निरौलाल निर्णायकको रुपमा रहेका थिए ।