• बेलीमाया, पूजा र यज्ञको तीज गीत ‘ए दिदी बहिनी’

    म्यूजिक खबर
    प्रकाशित: ३ श्रावण २०७७, शनिबार

    काठमार्डौ । गायिका बेलीमाया पुलामी, पूजा पुरी र गायक यज्ञ वि.क.ले तिजको गीत ‘ए दिदी बहिनी बजारमा ल्याएका छन् । नेपाली महिलाहरुको चाड तिज नजिकिँदै गर्दा उनीहरुले पनि तीजलाई संगीतमय बनाउन यो गीत सार्वजनिक गरेका हुन् ।

    शरद पाण्डेको शब्द, यज्ञ वि.क.को संगीतमा रहेको तीज गीतलाई संगीत संयोजन भने याम थापा मगरले गरेका छन् । मालश्री स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा बेलिमाया पुलामी, पूजा पुरी र यज्ञ वि.क.को स्वर रहेको छ ।

    यो गीतको म्यूजिक भिडियोमा शंकर बिसी, रविना भण्डारी, पूजा पुरी, पविन सेवा, अस्मिताको अभिनय रहेको छ । दुर्गा पौडेलको छायाँकन र नविन घर्तीको सम्पादन रहेको यस भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु