‘बेष्ट मोडल अफ द इयर’को आवेदन खुला

म्यूजिक खबर
प्रकाशित: १४ माघ २०७५, सोमबार

काठमाडौं । नेपाल फेसन सिटी आयोजक रहेको सौन्दर्य प्रतियोगीता ‘बेष्ट मोडल अफ द इयर’को दोस्रो सिजन सुरु भएको छ । आयोजकले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘बेष्ट मोडल अफ दि इयर २०१९’को आवेदन खुल्ला भएको जनाएको हो ।
स्वदेश तथा बिदेशका लागि आवश्यक प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गर्ने उदेश्य राखेको प्रतियोगीताको पहिलो अडिसन यहि १७ गते टेकुस्थित मसला कटेजमा आयोजना हुँदैछ । आवेदका लागि संस्थाको कुपन्डोलमा रहेको नेपाल फेसन सिटीको कार्यालय वा फोन नम्बर ९८४१०१३४४९ र ९८४३८०२२२४ मा सिधै सम्पर्क गर्न समेत सकिनेछ ।
काठमाडौबाट सुरु हुने अडिसन पोखरा, नारायघाट, बुटवल, धरान, चितवन हुँदै पुनः काठमाडौमा आएर सकिनेछ ।
१४ देखि ३२ बर्षसम्मका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा बिभिन्न चरणको अडिसनबाट छानिएका युवायुवती मात्र अन्तिम स्पर्धाका लागि भिड्ने नेपाल फेसन सिटीकी प्रबन्ध निर्देशक रुथ मास्केले जानकारी दिइन् ।
कोरियोग्राफर तथा प्रोग्राम कोअडिनेटर प्रवेश गिरी रहेको प्रतियोगीताका अन्तिम प्रतियोगी र्याम्प, व्यक्तित्व विकास, सञ्चारकला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङ लगायत विषयको दक्ष प्रशिक्षण सहित अन्तिम स्पर्धामा उत्रिनेछन् ।
प्रतियोगीताको शिर्ष बिजेताले नगद १ लाख सहित बिभिन्न गिफ्ट उपहारको रुपमा प्राप्त गर्न सक्नेछन् । प्रतियोगितामा शिर्ष सहित अन्य आधा दर्जन शिर्षकमा बिजेता समेत छानिने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु