कसले चुम्ला ‘उत्कृष्ट पप गीतकार’ विधाको अवार्ड ?

म्यूजिक खबर
प्रकाशित: १३ मंसिर २०७८, सोमबार

काठमाडौं । गीतकारहरु अमर वान्तु, किरण के. उप्रेती, रमेश दाहाल, किरण माइकल र नारायण नेपाल बीच उत्कृष्ट गीतकारको लागि प्रतिस्पर्धा हुने भएको छ ।

नवौं ‘म्यूजिक खबर म्यूजिक अवार्ड–२०२१’ को उत्कृष्ट पप गीतकार विधाको सूचिमा यी पाँच गीतकाहरु मनोनयन मा परेसँगै प्रतिस्पर्धा हुने भएको हो । मनोनयन सार्वजनिक भएसँगै ‘म्यूजिक खबर म्यूजिक अवार्ड’ मा कुन कुन सिर्जना र स्रष्टाले अवार्ड चुम्ने हुन् अब प्रतिक्षाको विषय बनेको छ ।

सांगीतिक क्षेत्रमा स्थापीत भईसकेका यी गीतकारहरु निम्न गीतबाट मनोनयमा परेका हुन् ।

अमर वान्तु – शिल्की कपाल – MKA 021
किरण के. उप्रेती – बदाम छोडाउँदै – MKA 022
रमेश दाहाल – सुन्दर फूल – MKA 023
किरण माइकल – माया किन मोडियो – MKA 024
नारायण नेपाल – छोटो छ जिन्दगी – MKA 025

भोटिङ गर्नको लागि MKA स्पेस दिएर आफ्नो भोटिङ कोड टाइप गरेर ३१००७ मा पठाउन सकिन्छ । अर्थात् प्रभु पे एप डाउनलोड गरि अर्थात ग्लोबल अनलाइन पे मार्फत आफूलाई मन परेको विधामा भोट गर्न सकिन्छ ।

मनोनयनमा परेकामध्येबाट भोटिङबाट ४० प्रतिशत र निर्णायकबाट ६० प्रतिशत मतका आधारमा विविध ४२ विधाका कलाकारहरुले उत्कृष्ट पाँचबाट एक जनाले अवार्ड चुम्नेछन् ।

नवौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु