• सार्वजनिक भएसँगै अत्याधिक चर्चामा ‘टिका माला’

    म्यूजिक खबर
    प्रकाशित: ३ कार्तिक २०७६, आईतवार ०३:५०

    काठमाडौं । नेपालीहरुको दोश्रो ठुलोे चाड तिहार नजिकिंदै छ । थुप्रै तिहार विशेष गीतहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा निकै कर्णप्रिय र मर्मश्पर्शी गीत ‘टिका माला’ सार्वजनिक भएको छ । सार्वजनिक भएको २४ घण्टा पनि नपुग्दै गीतले अत्याधिक चर्चा कमाइरहेको छ । संगीतकर्मी, अनुरागी सबैले गीतको खुलेर तारिफ गरेका छन् । गीतलाई सामानिक सञ्जाल मार्फत स्वतः स्फुर्तरुपमा शेयर पनि गरेको पाइन्छ ।

    वास्तवमा गीत सुन्दा मात्र पनि मन चसक्क हुन्छ । कानलाई आनन्द दिन्छ । त्यस्तै भिडियो तर्फ पनि उतिकै जिवन्तता दिइएको छ । समग्रमा गीतको अडियो र भिडियो दुवै पक्ष सवल रहेको छ । यसैले पनि गीतको चर्चा चुलिएको हुनुपर्छ ।

    । ‘टिका माला’ बोलको गीतमा रामकृष्ण ढकालले स्वर भरेका छन् । सर्जक रमेश विजीको उत्कृष्ट शब्द सिर्जना रहेको रहेको गीतमा संगीत बिबी अनुरागीले भरेका छन् ।

    गीतमा प्रेम, धोका, कुलत तथा दिदी भाइबीचको आत्मीयतालाई तिहारको भाइटीकासँग जोडिएको छ । गीतको भिडियोमा अभिनेत्री सरिता लामिछाने र गायक प्रकाश सपुतले अभिनय गरेका छन् ।

    दुर्गा पौडेलले खिचेको भिडियो संपादन नवीन घर्ती मगरले गरेका छन् । भिडियो निर्देशन शंकर बिसीले गरेका हुन् ।

    गीत विन्दवासीनी म्युजिक प्राली बाट बजारमा आएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु