रचना रिमाल र भबिन ढुंगानाको ‘आँखा झिमिक्क’

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०७७, बिहीबार
aankkha jhimikka

धरान । अहिले निक्कै नै चर्चित रहेकी गायिका रचना रिमाल र गायक भविन ढुङ्गानाको स्वरमा नयाँ गीत “आँखा झिमिक्क कति धेरै राम्री हो” रिलिज गरिएको छ । लिरिकल भिडियोको रुपमा गायक भविन ढुङ्गानाको युटुब च्यानलमाफर्त सार्वजनिक गरिएको गीतको शब्द तथा सङ्गीत उत्तम कार्कीको रहेको छ ।
कुशल सिंहको सङ्गीत संयोजन रहेको गीत आर्टमान्डू स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको हो । रमाइलो पाराको गीतलाई चाँडै नै म्युजिक भिडियोको रुपमा समेत ल्याउने संगीतकार तथा गीतकार उत्तम कार्कीले बताए । कविता तथा गीत लेखनमा सक्रिय कार्कीले पहिलोपल्ट आफ्नो गीत रेकर्ड गराएका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु