रहेनन् वरिष्ठ गीतकार भैरवनाथ रिमाल

म्यूजिक खबर
प्रकाशित: २५ पुष २०७७, शनिबार

काठमाडौं । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ। ८६ वर्षको उमेरमा शनिबार दिउँसो २ः५० बजे उनको निधन भएको हो । वि.सं. १९९२ माघ ३ मा काठमाडौंको ठमेलमा जन्मिएका रिमालले ५०० भन्दा धेरै गीतको रचना गरेका छन्। नारायण गोपालले स्वर दिएको ‘जुन फूल मैले चाहेको थिए’, अरुणा लामाले स्वर दिएको ‘उदास मेरो प्रेम कथा’ नचिनेझैं गरूँ भने मन यो मान्दैन, जिन्दगीको पानाभरि सुख भेटिँदैन, शान्तिको धारा सदैव कलकल बग्ने नेपाललगायत उनका थुप्रै गीत लोकप्रिय छन्।

लामो समयदेखि अस्वस्थ रिमाललाई स्मरण शक्ति ह्रास हुने अलजाइमर्सको समस्या थियो। दशैँ अगाडि कुरा गर्ने सामान्य कुराकानी गर्ने उनी दशैँ पछाडि धेरै बिरामी भएका थिए। पछिल्लो समय उनलाई चिरायु अस्पतालमा राखेर उपचार गरिँदै आइएको थियो ।

४ दिन अस्पताल राखेर घर ल्याएपछि उनको निधन भएको थियो। उनलाई अन्तिम समयमा निमोनिया, मृगौलाको समस्या देखिएको थियो। रिमालको अन्तिम संस्कार पशुपति आर्यघाटमा आज साँझ गरिएको छ ।

रिमालका कृतिहरु
१. भैचम्पा – वि. सं. २०११
२. विन्दु – वि. सं. २०३९
३. भुँइको धुलो – वि. सं.२०३९
४. मेरो देश अनि म (खण्डकाव्य) – वि. सं. २०३१
५. ढुङ्गाको मुर्ति – वि. सं. २०२६
६. हिमालको झरना – वि. सं. २०२६
७. माटो रम्छ – वि. सं.२०२७
८. शैलजा – वि. सं.२०२८
९. पत्थर हृदय – वि. सं.२०२८
१०. गिरिजा – वि. सं. २०२८
११. शुन्य लिला – वि. सं. २०३१
१२. दर्शन – वि. सं. २०३१
१३. संकल्प – वि. सं. २०३२
१४. ने मुनिको सपना – वि. सं. २०३२
१५. हरेक प्रहर अनेक लहर (कविता सङ्ग्रह, – वि.सं. २०३४)
१६. भक्ति र समर्पण (लेखसंग्रह)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु