पत्रकार रिसलालाई अभिनन्दन, निबन्धकार रसिक र ढकालाई पुरस्कार

म्यूजिक खबर
प्रकाशित: २७ फाल्गुन २०७७, बिहीबार
Bhairab Risal_Prateek_Ganesh rasik

काठमाडौं । शंकर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९४ औ जन्मोत्सव समारोहको अवसर पारेर अभिनन्दन एवं पुरस्कार प्रदान गरिने भएको छ । प्रतिष्ठानले वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसाललाई अभिनन्दन गर्ने भएको हो ।

वरिष्ठ साहित्यकार गणेश रसिकलाई निबन्ध पुरस्कार र निबन्धकार प्रतीक ढकाललाई युवा निबन्ध पुरस्कार प्रदान गर्ने दया फाउन्डेसनले जनाएको छ ।

रिसालका साधुलाई सुली (जेल डायरी), लोग्ने स्वास्नी र केही मित्रका चिठी (ईसं २००१) जस्ता कृतिहरू विभिन्न फुटकर रचनाहरू प्रकाशित रहेका छन् ।

दया फाउन्डेसनले सामाजिक रुपमा शिक्षा, स्वास्थ र संस्कृति लगायतका क्षेत्रमा योगदान गर्दै आएको छ भने शंकर लामिछाने प्रतिष्ठानलाई पनि सहयोग प्रदान गर्ने गरेको छ ।


यसैगरी वरिष्ठ साहित्यकार गणेश रसिकलाई नगद रु. पचास हजार राशी सहितको शंकर लामिछाने निबन्ध पुरस्कार प्रदान गर्ने र निबन्धकार प्रतीक ढकाललाई नगद रु. पच्चीस हजार राशिसहित शंकर लामिछाने युवा निबन्ध पुरस्कार प्रदान गर्ने पनि निर्णय गरेको छ ।

साहित्यकार रसिकका संस्मरण कृतिहरू “जब सिस्नुहरू टेक्दै हिँडें (२०५५), ‘दश गजामा उभिएर’ (२०६३) लगायत विभिन्न कृतिहरू प्रकाशित रहेका छन् ।

यसैगरी नियात्राकार प्रतीक ढकालका वियोन्ड द हिमालयज (२०५९), हिमालपारि पुगेपछि (२०६१), सेती पनि काली पनि (२०६३), सगरमाथाको आधारशिविरबाट (२०६३)लगायत विभिन्न कृतिहरू प्रकाशित रहेका छन्।

शङ्कर लामिछानेको जन्मोत्सव समारोह आगामी २०७७ चैत ५ गते मनाउने भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु