• भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७८ थापा र सुनामलाई

    म्यूजिक खबर
    प्रकाशित: १८ बैशाख २०७९, आईतवार

    काठमाडौं । संगीतकार शुभबहादुर सुनाम र गायिका तीर्थकुमारीलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७८’ प्रदान गरिएको छ ।

    भजन शिरोमणि भक्तराज आचार्यको सम्मानमा स्थापना गरिएको पुरस्कारसँगै दुवै जनालाई ५० हजार १ रुपैयाँ नगद समेत प्रदान गरियो । भक्तराज पत्नीको नामबाट नामाकरण गरिएको ‘सुशीला आचार्य स्वास्थ्य कामना सम्मान’बाट वाद्यवाधक रुपेश सिंहलाई नगद २५ हजार १ रुपैयाँ प्रदान गरियो ।

    स्वास्थ्योपचार आवश्यक पर्ने कलाकारलाई दृष्टिगत गर्दै यस वर्षदेखि नयाँ सम्मान पनि थप गरिएको हो । आयोजित कार्यक्रममा शुभबहादुरले ‘जहाँ छन् बुद्धका आँखा’ गीतमाथि सेक्सोफोन बजाएका थिए ।

    गायिका तीर्थकी छोरा सुरज थापाले ‘म त खाँदिन कुवाको पानी’ गीति प्रस्तुति दिए । विपिन सागरले भक्तराजकै गीत ‘मुटु जलिरहेछ’ गाएका थिए ।
    वाद्यवादक रुपेश सिंहलाई पनि सम्मान गरिएको छ ।

    भजन शिरोमणि भक्तराज आचार्यको नाममा यो सम्मान प्रदान गरिएको हो । आचार्य करिब तीन दशकबाट जिव्रोको क्यान्सरका कारण गाउन सक्तैनन् ।

    उनका छोराहरु सत्यराज आचार्य र स्वरुपराज २९ वर्षदेखि नेपाली सुगम संगीतमा क्रियाशील छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु