• ‘मायाको कसम’ खाँदै भीमसेन र राधिका

    म्यूजिक खबर
    प्रकाशित: १३ भाद्र २०७७, शनिबार

    काठमाडौं । पछिल्लो समय लोक तथा दोहोरी गीत संगीतको पेरिफेरिमा काँठे गीतले राम्रो चर्चा पाइरहेको छ । सोहि भिडमा भीमसेन खतिवडाको ‘मायाको कसम’ बोलको गीत पनि भर्खरै बजारमा आएको छ । भीमसेन गायन विधामा पोख्त रहनुका साथै संचारकर्ममा पनि अहिले व्यस्त रहेका छन् । ‘मायाको कसम’ बोलको गीतमा गायक खतिवडासँगै गायिका राधिका ढकालको संयुक्त प्रस्तुति हो । गीतमा भिमसेन खतिवडा र राधिका ढकाल सुर्यमणी आचार्य र सिता खपाङगीको सुमधुर स्वर रहेको छ ।

    मेलम्ची मीडिया नामक युट्युब च्यानलबाट बजारमा आएको गीतमा रुद्र केसी र भीमसेन खतिवडा शब्द रहेको छ भने लय पनि खतिवडा स्वयंले भरेका छन् । यस गीतको म्युजिक भिडियोमा अनु पराजुली र सुरज श्रेष्ठको उत्कृष्ट अभिनय रहेको छ । गीतमा एक प्रेमी जोडीलाई घरबार गर्न ढिला भएको बिषयलाई उठान गरिएको छ । भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन रोशन धितालले गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु