गायक भीमसेन लामाको निर्देशनमा ‘शीतसँग’

म्यूजिक खबर
प्रकाशित: ११ पुष २०७७, शनिबार

काठमाडौं । मुसुक्क हाँसिदिँदा ज्यानै लुट्योका गायक भीमसेन टी लामाको निर्देशन रहेको गीतको भिडियो ‘शीत सँग’ बजारमा आएको छ । गीतकार वसन्त वित्यासी थापाको शब्द तथा अष्ट लामाको संगीतमा तयार भएको गीत ‘शीतसँग’ मा स्वर भने लक्ष्मण केसीले दिएका छन् । ए वान म्यूजिकसियन स्टुडियोमा रेकर्ड भएको यो गीतलाई किशोर थापाले मिक्सिङ तथा माष्टरिङ गरेका छन् ।

यस गीतको भिडियोमा कैलाश भण्डारी, सफिया चाम्लिङ, राम बी पौडेल, आभुषण कार्की, माधवप्रसाद घिमिरे, रामचन्द्र गुरागाईंको अभिनय छ । दीपेन बस्नायतको छायाँकन तथा सम्पादन रहेको यस गीतको भिडियोलाई गायक भीमसेन टीलामाले निर्देशन गरेका हुन् । भकारी एमडीसीको बेष्ट टोन म्युजिक मार्फत सार्वजनिक गरिएको छ ।

गायक लामाको लोकप्रिय गीत ‘मुसुक्क हाँसी दिदा ज्यानै लुट्यो’ सर्वाधिक चर्चित गीत हो । उनले दर्जनौं चलचित्रमा स्वर दिनुका साथै अभिनयसमेत गरेका छन् । म्यूजिक भिडियो निर्देशनमा भने गायक लामाले यो पहिलोपटक निर्देशन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु