• गायिका भूमिका गिरीको ‘चोली मैलै भो’

    म्यूजिक खबर
    प्रकाशित: १२ पुष २०७७, आईतवार

    काठमाडौं । चर्चित गायिका भुमिका गिरी र गायक प्रकाश दुतराजको स्वरमा रहेको गीत ‘चोली मैलै भो’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ। यस गीतको भिडियोमा भूमिका गिरी र प्रकाश दुतराजको अभिनय रहेको देख्न सकिन्छ। बिद्यार्थी जीवनमा स्कुलमा हुने र गरिने माया प्रेमलाई समेटेर चित्रण गरिएको देख्न सकिनछ।


    गायिका भूमिका गिरीले आफनो अफिसियल युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरेकी छिन। यस गीतको शब्द र सगीत भर्ने काम प्रकाश दुतराजले नै गरेका छन्। यस गीतको छायाँकन करन चैसिरले गरेका छन् भने निर्देशन प्रकाश धमलाले गरेका हुन् । पछिल्लो समयका निकै ब्यस्त सम्पादक नबिन घर्तीमगरले भिडियोलाई सम्पादन तथा कलररिङ गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु