भुवन चैत्य बसु फाउण्डेसनद्वारा शकुन्तला शर्मा र भैरवबहादुर थापा पुरस्कृत

म्यूजिक खबर
प्रकाशित: २५ श्रावण २०७७, आईतवार

काठमाडौं – भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गर्ने यस वर्षको हरिश भुवन चन्द पुरस्कार र चेतनारायण बसुन्धरा भुसाल पुरस्कार आइतबार दुई भिन्न कार्यक्रमकाबीच प्रदान गरिएको छ । पाँच दशकदेखि नेपाली चलचित्र र रङ्गमञ्चमा अनवरत रूपमा कार्यरत विशिष्ट रङ्गकर्मी तथा चरित्र अभिनेत्री श्रीमती शकुन्तला शर्मालाई चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र ६ दशक भन्दा बढी समयदेखि नेपाली रङ्गमञ्च तथा नृत्य निर्देशनको क्षेत्रमा कार्यरत भैरवबहादुर थापालाई हरिश भुवन चन्द पुरस्कार अर्पण गरिएको हो । दुबै पुरस्कारहरुको राशी जनही एकाउन्न हजार रुपैयाँ रहेको छ ।

कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण बढिरहेको अवस्था भएकाले पुरस्कार अर्पणको कार्यक्रम जमघट नगरी फाउण्डेसनका पदाधिकारी र केही सञ्चारकर्मीको उपस्थीतिमा सम्पन गरिएको थियो ।

बिशिष्ट नृत्य निर्देशक भैरवबहादुर थापालाई पुरस्कार र सम्मान अर्पण कार्यक्रममा कामनपा वडा नं. ५ का वडा अध्यक्ष रमेश डंगोल, निर्देशक सम्झना उप्रेती रौनियारको उपस्थिती रहेको थियो भने विशिष्ट रङ्गकर्मी तथा चरित्र अभिनेत्री श्रीमती शकुन्तला शर्मालाई पुरस्कार र सम्मान अर्पण गर्ने कार्यक्रममा विशिष्ट चलचित्रकर्मी हरिहर शर्माको उपस्थिती रहेको थियो ।

स्थापना वर्षको पुरस्कार गत वर्ष चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषलाई एकलाख त्रिपन्नहजार रूपैया अर्पण गरिएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनका सचिव मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु