नेपाली लोक संगीतका ढुकढुकी ‘खेम सेन्चुरी’ : जीवन परिचय (बायोग्राफी )

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०८०, सोमबार

काठमाडौं । खेम सेन्चुरी लोक संगीत क्षेत्रको एक दरिलो खम्बा हुन् खेम सेन्चुरी । उनी कुशल गायक, कुशल सर्जक र कुशल मोडल समेत हुन् । यसर्थ उनलाई बहुमुखी प्रतिभाका धनि भन्न सकिन्छ ।

यिनै बहुप्रतिभाका धनी खेम २०४८ साल माघ १५ गते रुपन्देहीको रुद्रपुर १ मा जन्मिएका हुन् । उनी त्यही पढे, बढे ।
उनको बुबाको नाम पूर्ण बहादुर सुनाम र आमाको नाम विष्णु माया सुनार र कान्छी आमाको नाम सगुन लामा सुनार हो ।
२०६३ मा रुद्रपुर माध्यमिक विद्यालयबाट एसएलसी सकाएका खेम सानोमा चञ्चले स्वभावका थिए ।

सानोमा हिन्दी गीत सुन्ने खेमलाई एसएलसी पछि लोक गीतप्रति मोह र झुकाव बढ्न थाल्यो । राजु परियार, बिमा कुमारी दुराका गीतले सुन्न र गुनगुनाउन थाले ।

उनी २०६५–२०६६ सालदेखि कलाकारितामा लागेका हुन् । परिवारको सहयोगमा एल्बम निकाले । त्यतिबेला क्यासेटको जमाना थियो । ए साइडमा खुमन अधिकारी को गीत राखे बि साइडमा उनको स्वरांकन भएको गीत राखे । ‘भन्छु आज साथी मात्र हौ’ बोलको यहि गीत नै उनको पहिलो गीत हो ।


त्यसपछि सांगीतिक क्षेत्रमा संघर्ष गर्न थाले । जति उनको संघर्ष खारिदै गयो त्यति नै साधनाले निखारिदै गए । निरन्तर संगीत सिर्जनामा लागिरहेका खेमले थुप्रै हिट गीतहरु दिएर सांगीतिक क्षेत्रलाई धनि बनाएका छन् ।

उनी युवा गायिका, बाल गायिका, र अग्रज गायिका सबैसँग समय सान्दर्भिक र श्रोताले मन पराउने गीत गाएका छन् ।

उनका हिट गीत नै दर्जनौं छन् । उखु गुलियो, नन्दनी, झ्यालमा पर्दा छ, कपालु कोरेर, हान्छु तिमीलाई लौरीले, सोचे झैं जिन्दगी रैनछ, जाम साईंली, ‘सुर्ती माड्दै माड्दै गयो जोवन ‘लरिलरिलै रुन्छु बरिलै, लगायत छन् । थुप्रै गीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने वालामा छन् ।

एक डेढ दशकदेखि सांगीतिक क्षेत्रमा गर्दै आएका खेमलाई पछिल्ला वर्षमा सर्वाधिक सफलता मिलेको छ । उनको योगदानको प्रतिफल स्वरुप थुप्रै अवार्ड, सम्मान र पुरस्कार पनि पाउन सफल छन् । दशौं म्यूजिक खबर म्यूजिक अवार्डमा ‘सर्वोत्कृष्ट भाका लोकदोहोरी’ विधामा मन परेको मान्छे गीतबाट अवार्ड चुमेका उनले ‘स्टार म्युजिक भिडियो अवार्ड २०२२’ उत्कृष्ट लयका लागि अवार्ड हात पारे । यस्तै ‘दोश्रो जीवन्त नेपाल म्युजिक अवार्ड’मा लोकदोहोरी गायकको अवार्ड क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८–मा पपुलर लोक दोहोरी गीत संगीतकारको अवार्ड चुम्न सफल भए । यसैगरि दोस्रो म्यूजिक खबर तीज अवार्डमा गायिका अनिता चलाउनेसँगै ‘मनै त हो हाम्रो पनि’ गीतबाट ‘तीज दोहोरी गीतको अवार्ड पाएका छन् ।

उनी गायन र लयको हिसाबले लोकदोहोरी क्षेत्रमा सर्वाधिक व्यस्त समेत बनेका छन् । विगतको असफलतादेखि अहिलेको सफलतामा यिनले राम्रो आम्दानी गरेका छन् । युट्युब भ्यूज, लय र स्वरबाट लिने पारिश्रमिक र कन्सर्टमा दिने प्रस्तुति नै यिनको प्रमुख आयश्रोत हो ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु