• भुवन प्यासीको देशभक्ति गीत ‘तिमी आउन न बुद्ध’

    म्यूजिक खवर
    प्रकाशित: ४ फाल्गुन २०७६, आईतवार
    Bouddha was born in Nepal

    चितवन । गायक भुवन प्यासीको नयाँ राष्ट्रभक्ति गीत बजारमा सार्वजनिक भएको छ । समय अनुकुलका गीत बजारमा ल्याउँदै दर्शक स्रोत दुवैको मन जितेका उनले यो पटक देशभक्ती गीत लिएर आएको बताए । उनले ‘तिमी आऊ न बुद्ध’ नामक नयाँ गीत बजारमा भिडियोसहित एकसाथ सार्वजनिक गरेका छन् । नेपालमा शान्ति ल्याऊ भन्ने यो सन्देश गीत मार्फत दिन खोजिएको छ । भने गौतम वुद्ध नेपालमा नै जन्मिएका हुन् भन्ने बारेमा गीतमा थप प्रष्ट पारिएको छ ।

    आफ्नै अफिसीयल युटुब मार्फत उनले सुशिलराज रेग्मीको शब्द तथा अर्जुन पोख्ररेलको एरेन्ज र राजेन्द्र बजगाईको संगीतमा गीत बजारमा ल्याएका हुन् । थुम्सीको गुम्बा परिसरमा जिवन शाहीको निर्देशन तथा आफ्नो अभियानसगँ उनलाई अवि खनाल र समृद्धि पौडेलले साथ दिएका छन् । नविन निरौलाले सम्पादन गरेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् ।

    यस अघि फरक शैलीको गीत “हे बरै’को भिडियो सार्वजनिक भएको थियो । विशेष गरी आधुनिक गीतमा आफ्नै शैलीका कारण लोकप्रिय बनेका गायक प्यासीले लोक, आधुनिक र र्याप मिसाउदै “हे बरै ” को गीत बजारमा लिएर आएका थिए ।

    गीतमा शब्द तथा संगीत प्यासीको नै रहेको छ। केहि समय अघि ‘माईली’ गीत लिएर आएका गायक भुवन प्यासीको ‘हल्का हल्का’ ,ट्राफिक जाम’ जस्ता सफल गीतहरु बजारमा लिएर आईसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु

    Pin It on Pinterest