‘सानु तिमीलाई’ मा त्रिकोणात्मक प्रेम र बिछोडको कथा

म्यूजिक खबर
प्रकाशित: २६ माघ २०८०, शुक्रबार

काठमाडौं । गायक भुवन थापा मगरको नयाँ गीत ‘सानू तिमीलाई’ को भिडियो सार्वजनीक भएको छ । न्यु सागर लामा, बबिता पोखरेल र आशिष भुजेलको अभिनय रहेको भिडियो शुक्रबार सिंगर भुवन टिएम नामक युट्युव च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो ।

सुरेन बसेलको निर्देशनमा बनेको भिडियोमा युवा, युवतीबीचको त्रिकोणात्मक प्रेम तथा छुट्टिनु पर्दाको पीडा देखाइएको छ । लामो समयदेखि कलाकारितामा सक्रिय न्यु सागरले भिडियोमा कुशल प्रेमीदेखि असल सन्ततीसम्मको भूमिका निर्वाह गरेका छन् । नृत्यमा पारंगत न्यु सागर अभिनय तथा मोडलिङमा समेत उत्तिकै सक्रिय छन् ।

डिपी खनाल र शंकर थापा स्माइलको शब्द र संगीत रहेको गीतको भिडियो सुविन गोदारले खिचेको हुन् । रोहित बसेलको कोरियोग्राफी रहेको भिडियोको सम्पादन तथा कलर ग्रेडिङ राकेश दाहालले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु