कस्तो हुन्छ “विछोडको घाउ” भिडियो हेर्नुहोस्

म्यूजिक खबर
प्रकाशित: २० असार २०७६, शुक्रबार

रोशन पोखरेल , काठमान्डौँ ।
गायक विरेन्द्र एच वि र गायिका पुर्णकला विसीको आवाजमा लोकदोहोरी गीत “विछोडको घाउ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
प्रेमी छोडि दिदाँ मनमा पिडा हुने र आफनो विगतको मायाले सताउने गरेको कुरा गायिकाले ब्यक्त गरेकी छन । विछोडको घाउले आजको अवस्था सम्मपनी पोलि नै रहेको गायक ले बताएका छन ।

हरिष विसीको शब्द तथा विरेन्द्र एच विको लय सिर्जनामा निकै मार्मिक रुपमा गीत तयार गरिएको छ । मुकेश हुमागाईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “विछोडको घाउ” गीतको भिडियोमा साया भण्डारी र आसिर प्रतापको अभिनय रहेको छ । गीतलाई प्रियसी म्यूजिकले बजार व्यवस्थापन गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु