पत्रकार विदुर गिरी सहित कलाकर्मीलाई ‘सिम्पल सम्मान’

म्यूजिक खबर
प्रकाशित: २७ फाल्गुन २०७५, सोमबार

काठमाडौं । कलाकर्मी र पत्रकारलाई राजधानीमा आयोजति एक समारोहबिच ‘सिम्पल सम्मान’ गरिएको छ । साहित्य, संगीत र कलामा समर्पित संस्था सिम्पल आर्टस्ले राजधानीको मिनभवनस्थित एनके सिंह मेमोरियल एपिएस स्कुलमा एक समारोहको आयोजना गरी नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीसहित कलाकर्मीलाई सिम्पल सम्मान २०७५ बाट सम्मानित गरेको हो ।
आर्टस्का अध्यक्ष पुष्कर जंगमको सभापतित्वमा सम्पन्न २१औं सिप्मल सम्मान अर्पण कार्यक्रममा प्रमुख अतिथी फिल्म निर्देशक तथा लेखक लक्ष्मीनाथ शर्माले पत्रकार गिरी, अभिनेत्री सुष्मा कार्की, साहित्यकार विधान आचार्य, चित्रकार अरुणा हिङमाङ र नव कलाकार कुबेर दाहाललाई आ आप्mनो क्षेत्रमा योगदान पु¥याएवापत सम्मान गरिएको हो । संगीतकार बुलु मुकारुङ भने कार्यव्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् ।


‘सिम्पल सम्मान’ समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाका उपाध्यक्ष तथा गायक सिताराम पोखरेलले स्वागत मन्तव्य व्यत्त गर्दै सिम्पल सम्मान सबैको साथ र समर्थनका कारण मानक सम्मान बन्दै गएको चर्चा गरे भने निवर्तमान अध्यक्ष शंकर भारतीले हरके वर्ष संस्थाको छनौट कमिटीले आन्तरिक मूल्यांकनका आधारमा विभिन्न क्षेत्रका स्रष्टालाई सम्मान गर्दै आएको बताए । त्यसै गरी महासचिव केशव सान्दाईले संस्थाको गतिविधिको बारेमा प्रकाश पारे भने सल्लाहकार तथा जनप्रतिनिधी सरोज ढकालले संस्थानको सम्मान अर्पणको निरन्तरताको बारेमा चर्चा गरे । त्यसै गरी संस्थाका अध्यक्ष जंगमले अगामी दिनमा सिम्पल आर्टस्का गतिविधी र कार्यक्रमलाई अझ बृहत बनाउ“दै जाने बताए। सम्मानित साहित्कार विधान आचार्यले सम्मानले जिम्मेवारी बढाएको बताए भने पत्रकार विदुर गिरीले पूरानो संस्थाबाट प्राप्त सम्मानले गर्वानुभुति भएको बताए । अन्य सम्मानित व्यत्तित्वहरुले पनि सम्मानले थप जिम्मेवारीबोध गरेको बताए। प्रमुख अतिथी फिल्म निर्देशक लक्ष्मीनाथ शर्माले सिम्पल आर्टस्को व्यापकता बढ्दै गएको चर्चा गरे।

 

गिरी र आचार्यलाई शिखर सम्मान

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु