‘म’को घोषणा

म्यूजिक खबर
प्रकाशित: २१ श्रावण २०७६, मंगलवार

परिक्षेद सेनको निर्देशनमा चलचित्र ‘म’ बन्ने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा गरिएको हो । भदौ पहिलो साताबाट छायाँकनमा जाने बताइएको चलचित्रको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेका हुन् । विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, कुशुम गुरुङ, रेविका गरुङ, अनिल कँडेल, संजोग रसाइली, भूमिकामा पवन भट्टराई, श्यामसुन्दर घिताल, उत्तम राई, गौरव मल्ललगायतको अभिनय रहने भएको छ । जितेन लेप्चाको गीत रचना रहने यो चललचित्रमा कवितामाथि पनि सङ्गीत भरिने कार्यक्रममा बरिष्ठ सञ्चारकर्मी तथा निर्देशक भुषण दाहालले कवितामा आफ्नो आवाज भर्नेछन् भने सङ्गीत किरण भुसालले दिनेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु