• निर्देशक विकास घले गुरुङलाई मातृशोक

    म्यूजिक खबर
    प्रकाशित: १९ बैशाख २०७९, सोमबार

    काठमाडौं । नृत्य निर्देशक तथा चलचित्र लेखक, सम्पादक, निर्देशक बिकाश घले गुरुङलाई मातृशोक परेको छ । आमा समुन्द्र गुरुङ पारिवारिक भेटघाट तथा सामान्य स्वास्थ जाँच गरि परिवार सहित गत बुधबार दिल्लीबाट नेपाल, दाङ स्थित घर फर्कदै गर्दा भारतमै उहाँको कारलाई ट्रकले ठक्कर दिदा निधन भयको हो भने अन्य परिवारिक सदस्यको ऊपचार भैरहेको छ ।

    गुरुङ केहि बर्षयता परिवार सहित अमेरिका बस्दै आईरहेका छन् । अमेरिकामा रहेतापनि कलाकारिता,खेलकुद र सामाजिक सेवामा सकृय गुरुङ ईनास पल्सिलभेनिया राज्यका अघक्क्ष तथा ग्लोबल समिति अन्तर्गत चलचित्र प्रबर्दन समितिका सदस्य पनि हुन् ।

    बिकास घले गुरुङ चलचित्र कर्मि मात्र नभई लेखक पनि हुन्, ऊनले “ब्यक्तित्व बिकास र सफलता” नामक पुस्तक प्रकासनमा ल्याई सकेका छन् भने “नृत्य निर्देशन र सिद्दान्त “ नामको पुस्तकको प्रकासनको तयारिमा छन् ।

    तेक्वान्डो पाचौ डान, अन्तराष्ट्रिय मास्टर समेत रहेका बिकास घले गुरुड० यहि मेई १३(१४ मा अमेरिकाको मेचिगनमा हुन गईरहेको १३औ अन्तराष्ट्रिय आई।ओ।एफ।टिसि खुला मैत्रिपुर्ण तेक्वान्डो प्रतियोगितामा नेपालको तर्फबाट रेफ्रिको लागि समेत छनौट भयका थिय ।

    मृत आत्माको चिर सान्तिको कामना, घाईतेहरुको सिघ्र स्वास्थ लाभको कामना र सोकसन्तब्द परिवारमा घैर्य घारणको कामना गर्दछौ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु