१७ जना कलाकारले अभिनय गरेको ‘खोला खाल्सी हे माया’

म्यूजिक खबर
प्रकाशित: ११ आश्विन २०७७, आईतवार

काठमाडौं । गायक बिक्रम जंग शाह र गायिका सिर्ज अधिकारीको स्वरमा तयार भएको गीत ‘खोला खाल्सी हे माया’ को म्युजिक भिडियो काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको छ । गीतको लय अमृत खातीले तयार पारेका हुन् भने शब्द गायक शाहले नै रचना गरेका छन् । ‘खोला खाल्सी हे माया’ गीत मौलिक धारमा तयार पारिएको छ ।

‘खोला खाल्सी हे माया’ गीतको म्यूजिक भिडियोमा गायक गायिकासहित १७ जना कलाकारको जम्बो टोलीले अभिनय गरेका छन् । जसमा बिक्रम जंग शाह, सिर्जु अधिकारी, सन्जिब ठकुरी, रिना थापा, रामकुमार नेपाली, सन्ध्या सानु, सुबास बजगाईं, उषा सुबेदी, बिनोद तामाङ्ग, ऋतु तामाङ्ग, राज गिरी, मालती घले, बिबस बस्नेत, वर्षा तामाङ्ग, गोबिन्द गौतम, सलिना कार्की, अमृत खाती र आशिका खातीको अभिनय देख्न सकिन्छ ।
काभ्रे जिल्लाका रमणीय ठाउँमा गएर छायाँकन गरिएको गीतको म्युजिक भिडियोलाई शिशिर बुढाथोकीले निर्देशन गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो सार्वजनिक गर्ने समारोहमा सर्जक शाहले भिडियोको रोयल्टिबाट प्राप्त रकमको २० प्रतिशत कलाकार सुलेमान शंकर ‘इकु’द्वारा संचालित स्नेहा बाल आश्रमलाई उपलब्ध गराउने घोषणा गरेका छन् । उक्त बाल आश्रममा हाल १४ बालबालिका आश्रित छन् ।
यसअघि शाहले स्नेहा बाल आश्रमको मासिक भाडा मध्ये एक महिनाको २५ हजार रुपैयाँ घर भाडा उपलब्ध गराइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु