विक्रम, मिरा, अमृत र कसमको सहकार्य ‘तिहारमा देउसी र भैलो’

म्यूजिक खबर
प्रकाशित: १८ कार्तिक २०७७, मंगलवार

काठमाडौं । गायकद्वय विक्रम जंग शाह र अमृत खाती, गायिकाद्वय मिरा गिरी र कुसुम रानी ठकुरीको सहकार्यमा तिहारको नयाँ सांगीतिक कोसेली बजारमा आएको छ ‘तिहारमा देउसी र भैलो’ । अमृत खातीको शब्द तथा संगीतमा तयार भएको गीत ‘तिहारमा देउसी र भैलो’ मा गायकद्वय विक्रम जंग शाह र अमृत खाती, गायिकाद्वय मिरा गिरी र कुसुम रानी ठकुरीको स्वर रहेको छ ।

‘तिहारमा देउसी र भैलो’ गीतको म्यूजिक भिडियोमा प्रिया रिजाल, रविना भण्डारी, सन्ध्या सानु, प्रियंका नेपाली, कल्पना गिरी, एलिना शाही लगायतको समूहले अभिनय गरेका छन् । भिडियोको छायाँकन सुरेश श्रेष्ठले गरेका छन् भने सम्पादन प्रकाश धमलाले गरेका छन् । भिडियोको निर्देशन भने स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु