• गायक विमल डाँगीले अमेरिकाबाट सम्झिए जन्मभूमि डोल्पा

    म्यूजिक खबर
    प्रकाशित: ४ चैत्र २०७६, मंगलवार
    Bimal Dangi

    काठमाडौं । गायक विमल डाँगी अमेरिकातर्फ लागेको धेरै वर्ष भयो । हिमाली जिल्ला डोल्पाको सुन्दरतामा जन्मिएर त्यो भूमि छाडेको लामो समयपछि उनले अमेरिकाबाटै पुनः जन्मभूमि सम्झिएका हुन् । आफू खेलेको आँगन, त्यहाँको रमणीय भूगोलभित्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई सम्झिँदै उनले गीतमार्फत् सम्झिएका हुन् ।


    हिमाली जिल्ला डोल्पाको सुन्दरता, धार्मिक र साँस्कृतिक पक्ष समेटेर तयार गरिएको गीत ‘मेरो डोल्पा’को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा बहु चर्चित लोक तथा दोहोरी गायक बिमल डाँगी र उनको श्रीमती सरीता डाँगीले स्वर दिएका छन् । गीतको शब्द रामचन्द्र रोकायाले लेखेका हुन। गीतमा संगीत विमल डाँगी र संगीत संयोजन नारायण दंगालले गरेका छन् । गायक डाँगीकै युटुब च्यानलबाट हालैमात्र गीत सार्वजनिक गरिएको हो । यो गीतको म्युजिक भिडियोमा डोल्पा जिल्लाका रमणीय दृश्यहरुलाई क्यामेरामा कैद गरिएको छ । भिडियोलाई गायक विमल डाँगीकै युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु