• लोकप्रिय गायक बिमल परियार र देबि घर्ती को आवाजमा अधुरो पिरती

    म्यूजिक खबर
    प्रकाशित: २३ चैत्र २०७५, शनिबार

    किस्ना आचार्य रोशनी
    चैत २३ काठमाडौ

    नेपाली सांगीतिक क्षेत्रमा बिगत करिब दुई दशकदेखी निरन्तर सकृय रहदै आएका लोकप्रिय सर्जक तथा गायक हुन शिव हमाल । पछिल्लो समय लोक सांगीतिक बजारमा अत्यन्तै सफल तथा हिट गीतहरू दिदै आइरहेका हमाल का सिर्जना हरुले पहिले पनि उत्तिकै चर्चा पाइरहेकै हुन । लालुमै,लाउछ माया न लाउने होईन नि अहिले सम्पूर्ण दर्शक श्रोता को जिब्रोमा झुन्डिएको छ भने उनै हमाल को सिर्जनामा अधुरो पिरती नामक नयाँ लोक गीत पनि अहिले चर्चामा छ ।
    ” जुन मायाको ६ मैना म्याद रह्यो
    त्यही मायाको जीवन भर याद रह्यो ”

    यस्तै मुटु छुने शब्द सिर्जना र लय सिर्जना रहेको यश गीतमा लोकप्रिय एंव मौलिकता का खानी गायक बिमल परियार र देबि घर्ती को सुमधुर आवाज रहेको छ ।
    दुर्गा पौडेल को छायांकन र नवीन घर्ती मगरको सम्पादन मा सर्जक हमाल आफैले भिडियो निर्देशन गरेका छ्न्
    बिमल परियार युटुब च्यानल बाट सार्बजनिक गरिएको यश गीतमा बिमल परियार र प्रीती गुरुङ को अभिनय देख्न पाइन्छ ।
    हेर्नुहोस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु